ट्रम्पले अमेरिका–रुसको संम्बन्ध पुनः स्थापित गर्न सहयोग गर्छन्ः भ्लादिमिर पुटिन।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

१९ मंसिर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प एक समझदार व्यक्ति भएको र उनी आफनो जिमेवारी प्रति प्रतिवद्ध भएको कुरा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले बताएका छन्।
पुटिनले एक टेलिभिजनको अन्तर्वाता कार्यक्रममा भने ट्रम्प एक उद्यमी र एक व्यवसायी हुन तर त्यसभन्दा पहिले उनि एक राजनेता हुन। ट्रम्पले अमेरिका रुस बिचको सम्बन्धको पुनः स्थापित गर्न मद्धत गर्नेमा पुटिनले पहिलेनै आशा व्यक्क्त गरिसकेका थिए। ट्रम्पले जनवरीमा आफ्नो पद सम्हाले पश्चात पश्चिम विरोधी बयान दिन त्यति समय नखर्चिने पुटिनले बताए ।
पुटिन ले भने “उनले व्यवसायमा सफलता हासिल गरेका छन्, मलाई लागेको छ उनी एक समझदार व्यक्क्ति हुन त्यसैले आफ्नो जिम्मेवारी प्रति जानकार छन् र उक्त जिम्मेवारी राम्रोसँग निभाउछन्”।

Post Comment