२१ मंसिर । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार समालेपछि त्याहाँ बसोबास गर्ने नेपालीलाई कस्तो हुनेहो भन्ने चिन्ता रहेछ । उनलाई भेट्न पुगेकी अमेरिकी राजदूतका समक्ष प्रधानमन्त्री दाहालले यही प्रश्न गरेका छन्।
नेपालका लागी अमेरिकी राजदुत अलाइना बी टेप्लिजले नेपालीलाई केही नहुने भनेर आश्वासन दिएकी छन्। ‘ नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार समालेपछि पनि नेपाल र नेपालीप्रती अप्ठेरो नपर्ने प्रष्ट पारेको जानकारी उनले दिए।’ विभिन्न समाचार एजेन्सी को रिपोर्ट अनुसार अमेरिकामा अहिले करिब पाँच लाख नेपाली बसोबास गरिरहेका छन्। ती नेपालीहरु पढाइ र कामका सिलसिलामा रहेका र कतिपय अवैधरुपमा पनि बसिरहेका छन्। ट्रम्पले आफ्नो निर्वाचन अभियानको क्रममा अवैध रुपमा बसेका सबै आप्रवासीलाई तुरुन्तै देश निकाला गर्ने घोषणा गरेका थिए।