२२ मंसिर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम पर्सन अफ दि इयर घोषित भएका छन।
टाइमले वर्ष व्यक्ति घोषित गरेको यो ९० औं पटक हो। अनलाइन रिडर्स पोलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगाडि थिए। रोचक त के भने २०११ देखि रिडर्स पोलमा जितेका कसैले पनि टाइम एडिटर्सलाई प्रभावित पार्न सकेका छैनन्।
२००० पछि अमेरिकी राष्ट्रपति चुनाव जसले जितेका छन, उनी टाइम पर्सन अफ दि इयर बनेका छन् । २००० र २००४ मा जर्ज डब्ल्यू बुस वर्ष व्यक्ति बनेका थिए भने २००८ र २०१२ मा बाराको ओबामा बने।