ह्वाईट हाउसले साईवर हमलाबारे समिक्षा गर्ने।

अमेरिका

२५मंसिर। अमेरिकाका राष्ट्रपति बाराक ओबामाले केहि महिना अगाडि सम्पन्न राष्ट्रपति चुनावका समयमा भएको साइवर हमलाको बारेमा पूर्ण समिक्षा गर्नको लागी आदेश दिएका छन्। रुसी हस्तक्षेप सम्बन्धि बढेको चिन्ता सँगसँगै आज ह्वाईट हाउसले यो घोषण गरेको छ।
ह्वाइट हाउसका डिप्टी प्रेस सचिव एरिक सुल्जले बताए अनुसार चुनावी अभियानमा रुसले कति सम्म हस्तक्षेप गरेको छ भन्ने जान्नको लागि संसदबाट पटक पटक उठेको मागलाई सम्बोधन गर्दै ओबामाले यस हप्ताको सुरुमा समिक्षका लागी आदेश दिएका हुन्।
ओवामाले भने “हामी आफ्नो चुनावको सम्प्रभूता सुनिश्चत गर्नकोलागि प्रतिवद्ध छौ र यस समिक्षा रिपोर्ट हाम्रो चुनावको समयमा आएका यी साइवर गतिविधिको पूर्ण छानविन हुनेछ।”

Post Comment