२७ मंसिर, सयुक्त राज्य अमेरिककाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘एक चीन नीति’मा बाँधिएर नबसने बताएका छन्। चीनबाट फाइदा नलिइ उक्त्त नीतिलाई निरन्तरता दिनुको औचित्य आफूले नदेखेको उनले बताए। फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले यस्तो बताएका हुन। जसको चीनले आलोचना गर्नसक्ने जनाइएको छ।
ट्रम्प राष्ट्रपति निर्वाचिन भएपछि ताइवानकी राष्ट्रपतिसँग फोनमा वार्त गरेका थिए। जसको चीनले आलोचना गरेको थियो। ट्रम्प भन्छन् “म यो बुझिदन कि हामी एक चीन नीतिमा किन बांधिनुपर्छ। हामीले व्यापार लगायतका अन्य क्षेत्रमा हुने सम्भावित सम्झौतासंग त्यसलाई जोड्दैनौं भने किन त्यसलाई मान्ने?”
ट्रम्पको चीनियाँ नीतिका कारण चीन र अमेरिकाको सम्बन्धमा कटुता आउने अनुमान गर्न थालिएको छ। फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले सीआइएले रुसले अमेरिकी राष्ट्रपति चुनाव जिताउन आफ्नो मद्दत गरेको आरोपको खण्डन गरेका छन्। ट्रम्पले हिलारीले हारको बाहना खोजेको दाबी गरेका छन्।