ट्रम्पकै पार्टीका नेताले गरे‘रुसी ह्याकिङ’ जाँचको समर्थन।

अमेरिका

मंसिर २८। संयुक्त राज्य अमेरिकाका नवचिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकै पार्टी रिपब्लिनका वरिष्ठ नेताले राष्ट्रपति चुनावमा रुसी ह्याकिङ बारे गरिने जाँचको समर्थन गरेका छन्। अमेरिकी सिनेट बेठकमा रिपब्लिकन पार्टीका नेता मिच म्याकनल तथा संसदका प्रवक्ता पोल रायनले रुसी ह्याकिङले चुनावलाई कति प्रभावमा पार्यो भन्ने पत्ता लाग्नुपर्ने बताए।
अमेरिकी गुप्तचर जाँच ब्युरो सीआईएले रुसले चुनावमा ह्याकिङ गरेका कारण रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टन भन्दा बढी मत ल्याएको जनाएको छ। सीआइएका अनुसार चुनावमा रुसी ह्याकिङको उदेश्य ट्रम्पलाई सहयोग पु्याउने रहेको जनाएको छ।
डोनाल्ड ट्रमपले सीआइएको यस दाबीलाई अस्विकार गरिसकेका छन्। तर पत्रकार सम्मेलनमा उनका पार्टीका नेता मिच म्याकनलले भने, ‘रुस अमेरिकाको साथी होइन र अमेरिकी साइबर सुरक्षामा बाहिरि आक्रमण चिन्ताको बिषय हो।’ उनका साथै पल रायनले रुसी ह्याकिङ बारेको आरोपको जाँच आफ्नो पार्टीको कमिटीले पनि गर्ने बताए।

Post Comment