राष्ट्रपति ट्रम्पलाई गोली हानी मार्न खोज्ने युवालाई १ वर्ष १ दिनको जेल सजायँ।

अमेरिका

२९, मंसिर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति चुनाव प्रचार अभियानमा रिपब्लिक पार्टीका उमेदवार तथा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानी मार्न खोज्ने युवालाई अमेरिकामा १ वर्ष १ दिनको जेल सजायँ तोकिएको छ। २० वर्षीय माइकल सानफोर्डले सेप्टेम्बरमा अमेरिकाको लसभेगासको एक र्यालीमा ट्रम्पलाई मार्ने उद्देश्यले प्रहरीको बन्दुक खोसेको आरोप लगाइएको थियो। कानुनमा बताइएअनुसार उनीमाथि लगाइएको आरोपमा १० वर्ष जेल हुन सक्ने प्रावधान थियो।

समाचारका अनुसार उनी चार महिनामा पनि छुट्न सक्छन्। यस्तो अवस्थामा उनलाई बेलायत फर्काउनुपर्ने हुन्छ। उनको स्थायी ठेगाना बेलायतको सर्रे भएको बताइएको छ। सानफोर्डकी आमाले आफ्नो हरकतप्रति उनको छोराले ग्लानी व्यक्त गरेका छन्। सानफोर्ड पक्राउ परेपछि उनले ट्रम्पलाई मार्ने योजना बर्नाको प्रहरीलाई बताएका थिए। प्रहरीले हतियार खोस्न खोजे पनि उनी तान्न असफल भएका थिए। सन् २०१५ देखि उनि उनको आमाको सम्पर्कमा थिएनन।

उनले प्रहरी अधिकारीलाई बताइअनुसार ट्रम्पलाई उक्त र्यालीमा मार्न चाहेको र असफल भएको खण्डमा एरिजोना राज्यमा फेरि आक्रमण गर्ने योजना रहेको र त्यसका लागि र्यालीमा प्रवेश गर्ने टिकट खरिद गरिसकेका बताएका थिए।

Post Comment