इलिनोइमा महाबीर पुनको अन्तरक्रिया संपन्न

अमेरिका

डिसेम्बर ११, २०१६ । नेपाल आविष्कार केंद्रका अध्यक्ष तथा अंतरराष्ट्रीय मैगासेसे पुरष्कार बिजेता महाबीर पुनले इलिनोइबासी संग अन्तरक्रिया गर्नु भएको छ।

गैह्र आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद्को इलिनोइ च्याप्टरले आयोजनामा इलिनोइको इभानष्टन शहरमा स्थित माउंट एभरेष्ट रेस्टुरेंटमाँ सो अन्तरक्रिया कार्यक्रम संपन्न भएको थियो।अंतर्क्रिया कार्यक्रममा महाबीर पुनले नेपालमा एउटा अंतरराष्ट्रीय स्तरको आविष्कार केन्द्रको स्थापना गर्ने लक्ष रहेको र सो केन्द्रको मूल लक्ष भनेको समग्र रुपमा देशको आर्थिक बिकास नै रहेको कुरा बताउनु भयो। सधै अरुलाई दोष देखाएर देशलाई बिकाश गर्न नसकिने र जब सम्म आफ्नो देश बनाउन हरेक नागरिकहरु अगाडी आउदैनन तब सम्म ठोस बिकाश गर्न नसकिने कुरा बताउनु भयो।

illinois_interaction_mahabirpun_10003

नेपालमा एउटा आविष्कार केन्द्रको स्थापना गर्न सके देशलाई आर्थिक समुन्नतिको मार्गमा लैजान सकिने बिस्वास ब्यक्त गर्दै एन.आर.एन.ए. ले यो अभियानको नेतृत्व गरी मातृभूमीलाई एउटा अविश्मरणीय उपहार दिन आग्रह गर्नु भयो।महाबीर पुन संगको अन्तरक्रिया कार्यक्रममा इलिनोइका बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, बिभिन्न बर्ग र पेशा संग सम्बंधित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमका सहभागीहरुले महाबीर पुनसंग आफ्ना जिज्ञासाहरु राखेका थिए। पुनको अभियानलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले कार्यकम पछि फंड रैजिंग डीनरको आयोजना पनि गरिएको थियो ।

illinois_interaction_mahabirpun_10004

कार्यक्रम संचालन गर्दै एन.आर.एन.ए. इलिनोइ च्याप्टरका सचिब सत्यनारायण चौधरीले बिगत दुइ बर्षमा च्याप्टरले संपन्न गरेका क्रियाकलापहरुका बारेमा संक्षेपमा जानकारी गराउनुका साथै आगामी दिनमा च्याप्टरले गर्न लागेका कार्यको जानकारी गराउनु भएको थियो।चौधरीले इलिनोइ बासीहरुले अब चाडै नै नेपाली भाषामा ड्राइभिंग परीक्षा दिन सक्ने ब्यबस्था गर्न लागिएको र सो कार्यकालागी च्याप्टरलाई सहयोग गर्न सम्पूर्ण इलिनोइ बासी नेपाली समुदाय संग अपील गर्नु भयो ।

एन.आर.एन.ए. इलिनोइ च्याप्टरका अध्यक्ष सुमन वस्तीले अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो। कार्यक्रमको अन्तमा अध्यक्ष वस्तीले महाबीर पुन जस्ता ब्यक्तित्वलाई इलिनोइ बासी संग अन्तरक्रिया गराउन सफल भएकोमा प्रशन्नता ब्यक्त गर्दै प्रबास र मातृभूमिको बीचमा एन.आर.एन.ए.ले सधै पुलको भूमिका निर्बाह गरिरहने बिचार ब्यक्त गर्नु भयो। साथै वस्तीले कार्यक्रममा ब्यस्त समय र अत्यंत प्रतिकूल मौसमका बाबजूद पनि भाग लीन आउनु भएका सम्पूर्ण अतिथि महानुभावहरु प्रति कृतज्ञता ब्यक्त गर्नु भएको थियो ।

illinois_interaction_mahabirpun_10011

illinois_interaction_mahabirpun_10005

illinois_interaction_mahabirpun_100013

illinois_interaction_mahabirpun_10010

illinois_interaction_mahabirpun_100012

illinois_interaction_mahabirpun_10009

illinois_interaction_mahabirpun_10008

illinois_interaction_mahabirpun_10007

illinois_interaction_mahabirpun_10006

Post Comment