विश्वका शक्तिशाली व्यक्ति हरुमा ट्रम्प दोस्रो स्थानमा।

अमेरिका

मंसिर ३०। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो वर्ष विश्वको शक्तिशाली व्यक्तिको शीर्ष स्थानमा पर्नुभएको छ। अमेरिकी म्यागजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१६ का शक्तिशाली व्यक्तिको सुचिमा रुसी राष्ट्रपति पुटिन शीर्ष स्थननमा हुनुहुन्छ। उहाँले अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई पछि पानुभएको हो।
फोब्र्सले विश्वका शक्तिशाली ७४ व्यक्तिको सुची सार्वजजिक गरेको छ। सुचीमा दोस्रो स्थानमा ट्रम्प तोस्रो स्थानमा जर्मन चान्सलर एन्गेला मर्केल, चौथो स्थानमा चीनका राष्ट्रपति सि जिनपिङ, पाँचौँ स्थानमा फ्रान्सिस,अमेरिकाकी जानेट यलिन छैटौँ।विल गेट्स सातौँ, लारी पेज आठौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौँ तथा फेसबुकका संस्थापक मार्क जुकरबर्ग दशौँ स्थानमा छन्।
यो वर्ष शक्तिशाली व्यक्तिको सुचिमा रहेका ७४ जना मध्ये २८ जना विभिन्न ठुला कम्पनिका प्रमुख छन्। यो वर्ष दोस्रो स्थानमा आउनुभएका अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्प गएको वर्ष ७२ औं स्थानमा हुनुहुन्थ्यो। अघिल्लो वर्ष तेस्रो स्थानमा रहनु भएका अमेरिकी राष्ट्रपति बाराक ओबामा भने ४८ औं स्थानमा हुनुहुन्छ।

Post Comment