४ पौष। अमेरिकि राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट — २०१५’ लाई कार्यानव्यन गर्न बिहिबार नेपालका लागि व्यापार ग्राह्याता दिनेसम्बन्धी ऐनको घोषण गरेका छन्।
उक्त ऐनलागु भएपछि नेपालले गलैँचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकि बजारमा पहुँचका लागि भन्सार छुट पाउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसबबाट अमेरिकामा नेपालको निर्यात बढ्ने अपेक्षा गरियको छ। उत्त सुबिधा ऐनले तोकेका प्रावधान बमोजिम हुनेगरि डिसेम्बर २०२५ सम्म कायम रहनेछ।
अमेरिकी काँग्रेस र सिनेटले पास गरेपश्चात राष्ट्रपति ओबामाले २४ फेब्रुअरी २०१५ मा उक्त ऐनमा हस्ताक्षर गनुभएको हो। सो ऐनलाई कार्यान्वयनमा ल्याउने प्रकृयाका क्रममा ऐनमा भएको प्रावधान अनुसार अमेरिकाको व्यायार प्रतिनिधि कार्यालयले उपर्युक्त ६६ वटा वस्तु अमेरिकी बजारमा आयात सम्वेदनशील भए नभएको यकिन गर्न नेपाली सरकारी अधिकारी तथा निजि क्षेत्रका व्यवसायी समेतलाई समावेस गरी गत जुन २०१६ मा वासिङ्गटन डिसिमा सार्वजनिक सुनवाई गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त सुनुवाई, सरकारको निरन्तर पहल र ७ डिसेम्बर २०१६ मा जेनेभास्थित बिश्व व्यापार सङ्गठनले पारित गरेको छुटपछि अमेरिकी राष्ट्रपति ओबामाले व्यापार ग्राह्याता दिनेसम्बन्धीे ऐनको घोषण गरेका हुन।