अमेरिकामा अर्को सडक दुर्घटना एक सातामा तीन नेपालीको मृत्यु।

अमेरिका

५पौष। अमेरिकाको क्यालिफोर्नियामा भएको सडक दुर्घटनामा ३८ वर्षिया नेपाली सरिता शाक्यको मृत्यु भएको छ। गएको दश वर्षदेखि क्यालिफोर्नियामा बस्दै आएकि शाक्यलाई विपरित दिशाबाट आएको गाडिले उनको गाडिलाई ठक्कर दिएको थियो।

अमेरिकामा यो साता मात्रै अलग अलग सडक दुर्घटनामा ३ नेपालीको ज्यान गएको छ। दुई दिनअघि मात्र अमेरिकास्थित सियाटल र फ्लोरिडामा भएको दुई वटा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई नेपालीले ज्यान गुमाएका थिए।

सियाटलमा भएको सडक दुर्घटनामा ममता कँडेलको मृत्यु भएको दोस्रो दिन फ्लोरिडामा भएका सडक दुर्घटनामा अर्की नेपाली युवतिको मृत्यु भएको थियो। फ्लोरिडा प्रहरिका अनुसार संगम सुवेदिले चलाएको गाडी दुर्घटनामा एक युवतिको घटनास्थलमानै मृत्यु भएकी युवतिको परिचय अझै खुलेको छैन।

Post Comment