म सहि सावित हुदैछुः ट्रम्प।

अमेरिका

७ पौष। युरोप र टर्किमा भएको आंतङ्कवादी हमलाको निन्दा गर्दै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक मुस्लिम समुदाय प्रति लक्षित गर्दै भनेका छन् कि आतङ्कवादका यि र यस्ता कुकृत्यले देशमा मुसलमानहरुको प्रवेश गेर्न रोक लगाउने बारेमा सहि सावित भएको छु।

ट्रम्पले भने “जे भइरहेको छ त्यो भयावह छ, वास्तवमा अहिले यहाँ हामीसँग गोप्य जानकारी छ तर जे भइरहेको छ यो एकदमै भयावह छ।” उनले फ्लोरिडामा आफ्नो मार–ए–लागो क्लबमा मिडियासँग भनेका छन् यो र यस्ता घटना मानवता माथिको हमला हो र जो केहिलेपनि योजनाका बारेमा जानेका छन्।

उनिसँगको छलफलका क्रममा युरोप र टर्किमा भएको आतंङ्कवादी हमलाले उनलाई अमेरिकामा मुसलमान हरुको प्रवेश प्रतिबन्ध गर्ने उनको योजनामा पुनः सोच्न बाध्य भएको पाइएको छ। यसै सन्दर्भमा  ट्रम्पले भनेका छन् तपाईहरु  मेरो योजनाको बारेमा जान्नु भएको छ। समग्रमा म सय प्रतिशत सहि सावित भएको छु। जे भइरहेको छ त्यो लज्जास्पद हो यसलाई जे जसरि हुन्छ रोक्नु पर्छ।

ट्रम्प र मिडियाको बिच सामान्य छलफल पछि वासिङटन पोष्टले एक रिपोर्टमा बताएको छ कि ट्रम्प अमेरिकामा मुसलमानलाई प्रवेश प्रतिबन्धित गर्ने आफ्नो योजनामा उभिएको जस्तो देखिन्छ।

Post Comment