ट्रम्पले घोषणा गरे प्रेस सचिव र सञ्चार निर्देशक

अमेरिका

८ पौष। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउसको उच्च सञ्चार  टिमका लागि सिन स्पाईसर, जोसन मिलर, होप हिक्स, डान स्कामियोको नाम घोषण गरेका छन्।

ट्रम्पले ह्वाईट हाउसको प्रेस सेक्रेटरीको रुपमा सिम स्पाईसरलाई नियुक्ति गरेका छन्। स्पाइसर सञ्चार  रणनितीमा वासिङटनमा अनुभवि छन् र उनी रिपब्लिकन हरुका लागि नयाँ आगन्तुक पनि होइनन्। एनले ६ वर्ष कम्युनिकेसन निर्देशकका रुपमा रिपब्लकन नेसनल कमिटीमा काम गरिसकेका छन्। प्रमुख रणनीतीकारका रुपमा पुरै २ वर्ष काम गरिसकेका छन्।

ट्रम्पले ट्रान्जिसन प्रेस सेक्रेटरिमा होप हिक्स लाई रणनितीक सञ्चार  निर्देशक, स्क्यामिनो लाई एक सेवा निर्देशकको रुपमा घोषणा गरे भने जोसन मिलरलाई ट्रम्पको सेवा सञ्चार  निर्देशकका रुपमा घोषण गरेका छन्। ट्रम्पले पत्रकार सम्मेलनमा भनेका छन् “सिन, होप, जोसन र डान, चारै जना मेरो अभियान र संक्रमणका लागि प्रमुख सदस्यहरु हुन। उनिहरुले मेरा एजेण्डाहरु प्रचार–प्रसार गर्नेमा टिमको नेतृत्व लिने छन् र अमेरिका पुनःएकपटक विशाल बन्ने छ।”

Post Comment