को देखि डराउँछन् ओबामा ?

अमेरिका

१० पुस । संसारकै शक्तिशाली राष्ट्र हो अमेरिका । त्यहाँका राष्ट्रपति झनै शक्तिशाली होलान भन्ने अधिकांशको धारणा हुन्छ ।
तर, दुई कार्यकाल राष्ट्रपति भई जनवरी २० गतेबाट अवकाश पाउन लागेका अमेरिकी राष्ट्रपति बराक ओबामा दैनिक जीवनमा सबैभन्दा डराउनेचाहिँ ‘स्नो म्यान’सँग हो । जसलाई बर्फ (हिउँ)को पुत्ला भनेर चिनिन्छ ।
उनले पपुल म्यागाजिनका लागि दिएको अन्तर्वार्तामा भनेका छन्- ‘स्नोम्यानलाई म हेर्नै सक्दिनँ, त्यो सानो हुन्छ, तर निकै खतरनाक र डरलाग्दो हुन्छ ।’
अन्तर्वार्तामा उनले पत्नी मिसेलले स्नो म्यान कुरा गरेको आफूलाई निकै डराएको घटना पनि उल्लेख गरे । एकपटक मिसेलले ओबामालाई भनिछन्- ‘बेडरुममा ल्याएर स्नोम्यान राखिदिन्छु ।’ जवाफमा ओबामाले स्नोम्यान देखाए कोठाबाहिर जान्छु भनेका थिए ।
तर, अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसका स्टाफले कहाँ उनले भनेको माने र ? उनीहरूले ओबामालाई डराउनैका लागि ह्वाइट हाउसमा स्नोम्यान राख्ने फैसला गरे ।
barak
ह्वाइट हाउसका फोटोग्राफर पिट सेजले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्नो म्यानसँग ओबामा डराएको फोटो राख्दै यसबारे टिप्पणी गरेका छन् ।
‘पछिल्लो ३ सातादेखि चार स्नोम्यान बगैँचामा दिनहुँ राखिएको छ । तर, हामीले रमाइलोमा सल्लाह गरेका थियौँ, यिनीहरूलाई यहाँ कसैले पनि देखेन,’ पिटले लेखेका छन् ।
उनले अगाडि भनेका छन्– ‘एक दिन त साँच्चिकै कसैले ओभल अफिसमा नै लगेर ती स्नोम्यान राखिदिएछन् । ओभल अफिसको झ्यालबाट देखिने ठाउँमा ती स्नोम्यान थिए । जुन राष्ट्रपतिले पनि देखे ।’
उनको इन्स्टाग्राम पोस्टमा अधिकांशले लेखेका छन्– ती स्नोम्यान साँच्चिकै डरलाग्दा छन् । तर, राष्ट्रपति बाराक ओबामाले यसबारे प्रतिक्रिया दिए, ‘उनीहरूको यो रमाइलोचाहिँ अत्यन्त रमाइलो लाग्यो ।’

Post Comment