१२ पौष। अमेरिकाका राष्ट्रपति बाराक ओबामाले भर्खरै सम्पन्न भएको चुनावको बारेमा भनेका छन्, यदि यस चुनावमा म उमेद्वार हुन्थे भने तेस्रो टक पनि म निर्वाचित हुन सक्थे। पछिल्लो महिना डोनाल्ड ट्रम्प निर्वाचित भएपछि पनि मानिसहरु देशमा अझै उनकै राजनितीक भिजनको समर्थन गर्दछन्।
ओबामाले यस वक्तव्य सिएनएन र युनिभर्सिटी अफ शिकागो द्वारा बनाईएको एक कार्यक्रम ‘ दि ऐक्स फईल्स’ ले लिएको अन्तरवार्तामा दिएका थिए। आफ्नो दुई कार्यकाल पुरा गरिसकेका ओबामाले भनेका छन् आफ्ना राजनैतिक विरोधि डोनाल्ड ट्रम्पको भोट दिएपनि अमेरिकी जनता अझैपनि उनको प्रगतिवादी विचारको समर्थन गर्दछन्।ओबामाले भने “ मलाई अझै पनि पुरा विश्वास छ कि पुनः चुनाव लडेको भए अमेरिकी जनताको धेरै भन्दा धेरै समर्थन प्राप्त गर्न सक्थे।”
ट्रम्पद्वारा डेमोक्रेटीक उमेद्वार हिलारी क्लिन्टन पराजित भएपछि ओबामाले दुखी मन गर्दै भनेका थिए “हार्नुमा कसैलाई पनि राम्रो लाग्दैन। तर यस कुरामा मलाई गर्व छ कि मैले आफ्नो कार्यकालमा त्यो काम गरे जुन मलाई सहि लाग्यो न कि जुन अरु चाहान्थे। म्ैले सधै भन्ने गरेको छु कि राजनितीमा सार्वजनिक रुपमा अपमानको कहिल्यै हल्का रुपमा लिनु हुदैन।”