ट्रम्पले दिए ओबामालाई जवाफ।

अमेरिका

१२ पौष। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन कि यदि राष्ट्रपति चुनावमा उनिसँग बाराक ओबामाले नै प्रतिस्पर्धा गरेको भए पनि उनले पनि हार्नु पर्थ्यो।

ट्रम्पले एक ट्वीटमा भने “राष्ट्रपति ओबामाले भनेका छन् कि उनलाई लाग्छ होला मसँग जित्थे तर म भन्छु यो कुरा विल्कुल हैन।” ट्रम्पको ट्वीट त्यतिबेला आयो जब राष्ट्रपति ओबामाले सिएनएनको एक कार्यक्रममा भनेका थिए यदि उनी अझै राष्ट्रपति चुनावमा भाग लिन्थे भने ट्रम्पको हराई दिन्थे।

उनले यो अन्तर्वार्ता आफ्ना पुर्व सहयोगी डेविड एक्सेलरोडलाई दिएका थिए। तर, अमेरिकाको नियम अनुसार कोहि पनि व्यक्ति राष्ट्रपति पदका लागि अधिकतम दुईपटक सम्म निर्वाचित हुन सक्छन्।

ओबामाले पहिलो पटक २००८ मा निर्वाचित भएका थिए र २०१२ मा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। ओबामाले अमेरिकामा आम चुनावका लागि पूर्व विदेश मन्त्री अथवा राष्ट्रपति पदकी डेमोक्रेटिक उमेद्वार हिलारी क्लिंटनको लागि आक्रामक प्रचार गरेका थिए।

Post Comment