रुस विरुद्ध प्रतिबन्ध लगाउने ओबामा प्रसासनको तयारी।

अमेरिका

१४ पौष। निवर्तमान ओबामा प्रसासन, अमेरिकाको राष्ट्रपति निर्वाचनमा राजनितिक दल र नेताहरुको सर्वर र ईमेलको ह्याक गर्नुमा रुसको कतिथ संलग्नता रहेको बताईरहेको समयमा उसको विरुद्धमा नयाँ प्रतिबन्ध लगाउने योजना बनाईरहेको केहि मिडियाहरुको रिर्पोटमा आएका छन्।
अमेरिकी बरिष्ठ प्रसासन अधिकारिको उदृत गर्दै सीबीएस न्यूज र सीएनएनले बताएका छन् कि नयाँ प्रतिबन्ध रुसी गुप्तचर एजेन्सी र उसका अधिकारिहरुको निसाना बनाउन सक्दछन्। अमेरिकी अधिकारिलाई विश्वास छ कि गुप्तचर एजेन्सीले रुसी राष्ट्रपति व्लामिदिर पुटिनको उत्तेजनामा काम गरेका थिए।
सीएनएनको रिर्पोट अनुसार अमेरिकाले प्रतिबन्धको घोषणा बिहिबार गर्न सक्छ। राष्ट्रपति बाराक ओबामाले पहिलेनै कतिथ रुसी ह्याकिङको पत्तालगाएर घोषणा गरिसकेका थिए। तर यसको रिर्पोट जनवरीको सुरुमा आउने अनुमान गरिएको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियाहरुमा भनेका छन् “प्रसासनले आफ्नो तरिकाले प्रयास गर्नु पर्दछ र हरेक चिजको पत्ता लगाउनु पर्दछ”। सीबीएस न्यूजको रिर्पोट अनुसार ह्वाईट हाउस एउटा यस्तो कदम उठाउने प्रयास गरिरहेको छ जसमा आगामि प्रसासन(ट्रम्प प्रसासन)ले परिवर्तन गर्न नसकोस्। अहिलेसम्म ट्रम्पले साईबर हमलामा रुसी हात रहेको भन्नेबारे अस्वीकार गरेका छन्।

Post Comment