१५ पुस । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई अमेरिकी सरकारले पुनः ‘वर्क परमिट’ सुविधा दिएको छ ।
अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने निर्णय गरेको हो ।नेपालमा गतवर्ष गएको विनाशकारी भूकम्पलगत्तै अमेरिकी सरकारले यो सुविधा दिएको थियो । यसअघिको सुविधा हालै समाप्त भएपछि अमेरिकी अध्यागमनले पुनः अवधि लम्ब्याएको हो।
डिपार्टमेन्ट प्रमुख जेह चार्ल्स जोहन्सनले महाभूकम्पबाट नेपाली परिवार प्रभावित भएको र त्यसबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको भन्दै ‘वर्क परमिट’ सुविधाको अवधि थपिएको बताए ।जोहन्सनद्धारा जारी विज्ञप्तिअनुसार मंगलबारदेखि दिइएको सहुलियत सन् २०१८ को जुनसम्म कायम रहनेछ ।
सहुलियत अनुसार नेपाली विद्यार्थीहरुले काम गर्ने अनुमति पत्र ‘वर्क परमिट’ का लागि आवेदन दिनसक्नेछन् । जुन अन्य देशबाट आएका विद्यार्थीको हकमा लागु हुनेछैन ।