वासिङ्टनमा जहाज दुर्घटना, चारको मृत्यु।

अमेरिका

१६ पौष। वासिङ्टनको उत्तर दक्षिण क्षेत्रमा सानो जहाज दुर्घटना चार जनाको मृत्यु भएको छ। शुक्रवार विहान वासिङ्टनको यातायात राज्य विभागका अनुसार दुर्घटना भएको स्थान वरिपरि खोजीकार्य गर्दा जङ्गलक्षेत्रको गहिरो भागमा एकल इन्जिन र जहाजको चारवटा टुक्रा फेला पारेको बताए। राउडर डाटा र आपतकालीन लोकेटर ट्रान्समिटर प्रयोग गरेर विमानको भाँचिएको वस्तुफेला पारेका थिए। अधिकारिहरुका अनुसार त्यहाँ केहि पनि बाँचेका थिएनन्।

उक्त विमान विहान ७ बजे पोर्ट एन्जलस लागि उडेको तर उडान भरेको ४५ मिनेट पश्चात सम्पर्क गुमाएको बताए। संघिय उड्यान प्रशासन र राष्ट्रिय यातायात सुरक्षा समिति, घटनाको छानविन गर्न शनिवार उक्त घटना स्थलमा आइपुगेका थिए। तर उक्त दुर्घटनामा मर्नेहरुको तुरुन्तै पहिचान हुन सक्ने अवस्था नभएकोले सत्य तथ्य पत्ता लगाएर परिवारको दिनेकाम जारी रहेको बताए।

Post Comment