ह्याकिङको बारेमा मैले धेरै गोप्य कुरा थाहा पाएको छुः ट्रम्प।

अमेरिका

१८ पौष। ओबामा सरकारले रुस द्वारा साइवर ह्याकिङ्को प्रयोग गरेर अमेरिकी राष्ट्रपति चुनाव र यसको नतिजा प्रभावित गरेको ठम्याउदै रुस विरुद्ध कूटनीतिक कारवाहि गरिसकेको छ। तर अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प भने यस सम्बन्धमा गुप्तचर विभाग द्वारा गरिएको अनुसन्धानमा सहमत छौनन्। शनिवार बेलुका ट्रम्पले भनेका छन यस ह्याकिङको बारेमा मौले जे थाहा पाएको छु त्यो अरुलाई थाहा छैन्। ट्रम्पले जे थाहा पाएका छन त्यो कुराको खुलासा मंगलबार वा बुधबार गर्नेछन भन्ने जानकारी आएको छ।
नयाँ वर्षको पुर्व सन्ध्यामा पाम विच स्थित आफ्नो क्लबको बाहिर पत्रकारहरुसँग कुरागर्दै ट्रम्पले भने “ मलाइ ह्याकिङ्कको बारेमा धेरै कुरा जानकारी छ ह्याकिङ कसले गरेको भन्ने सिद्ध गर्न निकै मुस्किल छ। त्यसैले रुसले नभई अरु कसैले ह्याकिङ गरेको हुन सक्छ। मलाई यति पनि थाहा छ कि जसको बारेमा अरुलाई थाहा छैन”।
कुराकानिकै क्रममा ट्रम्पले भनेका छन मंगलबार वा बुधवार मानिसहरुले ह्याकिङको बारेमा नयाँ कुरा थाहा पाउने छन्। अघिल्लो हप्ता ट्रम्पले एक वयानमा भनेका थिए कि मानिसहरुले ह्याकिङको मुद्धामा स्पष्ट हुनुपर्छ। रुस द्वारा ह्याकिङग गरेको भन्ने आरोपको बारेमा जानकारी लिनको लागि ट्रम्पले अमेरिकी गुप्तचर अधिकारिहरुसँग भेटघाट गर्ने छन्।

Post Comment