टेक्सासमा विषालु ग्याँसबाट चारको मृत्यु।

अमेरिका

१९ पौष। अमेरिकाको टेक्सास राज्यको अमरिल्लो शहरको एकघरमा विषालु ग्याँसकोकारण चार बच्चाको मृत्यु भएको छ भने केहि व्यक्ति अस्वस्थ भएका छन्। यो दुर्घटना घरमा किटनासक बिषादीको प्रयोगले भएको भन्ने विश्वास गरिएको छ।
दमकल विभागका अधिकारिहरुले बताएका छन कि यस रसायनिक प्रतिक्रिया उक्त समयमा भएको थियो जब एक व्यक्तिले घरको तल छर्किए र धुने कोशिश गरे त्यसपछि विषालु फस्फेन ग्याँस निस्कियो।
अधिकारि लेरी डेविसले सोमबारको एक बयानमा बताएका छन् कि मद्दतको लागि फोन आएपछि दमकलकर्मी बिहानै करिब ५ बजे घटनास्थल पुगेका थिए। एक बालकको मृत्यु ठिक त्यसैबेला भएको थियो भने अन्य तीनको मृत्यु अस्पतालमा भएको थियो।
मृत्युहुने बच्चाहरुको उमेरको बारेमा जानकारी दिएका छैनन् भने उक्त परिवारका सदस्यहरुको उपचार भईरहेको जनाएका छन्।

Post Comment