१९ पौष। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सबैभन्दा प्रख्यात टेलिभिजन च्यानल सिएनएनले नै उनको सबैभन्दा खराब तस्बिरको प्रयोग गरेको आरोप लगाएका छन। सिएनएनले २०१६को राष्ट्रपतिय निर्वाचनको समयमा एक नयाँ किताबमा ट्रम्पको तस्बिर राखेको थियो।
ट्रम्पले ट्वीटरमा भनेका ट्वीट गरेका छन् “ सिएनएनले भर्खरै एउटा किताब निकालेको छ जसको नाम ‘अनपे्रसिडेन्ट’ राखेको छ। यो किताब २०१६ को चुनाबी दौड र जितमा विष्लेशण गरेर निकालिएको छ।
यो ‘अनप्रसिडेन्ट’ नामक किताब डिसेम्बरमा निकालिएको थियो। यसमा क्रमबद्ध तरिकाले डोनाल्ड ट्रम्पको अभूतपूर्व जीतको बारेमा लेखिएको छ भने उक्त किताब सिएनएनका लेखकलेनै लेखेका हुन। न्यूज च्यानलका अनुसार यस किताबमा राजनितिको मामिलामा अनुभवहिन अरबपति बिजनसमैन डोनाल्ड ट्रम्पको जितको बारेमा बिस्तृत रुपमा बताईएको छ।
खासमा उक्त किताब दुई संस्करणमा छ। एक उद्घाटन संस्करणमा छ, जसमा ट्रम्प रिसाएको जस्तो देखिएकोे एक तस्बिर राखिएको छ। दोस्रो संस्करणमा चुनावको अलग अलग फोटो राखिएको छ र बिचमा ट्रम्प मञ्चमा बोलिरहेको तस्बिर राखिएको छ। तर यो स्पष्ट पारेका छैनन कि उनलाई कुन तस्बिर खराब लागेको छ।
ट्रम्पले आफ्नो खराब तस्बिर प्रयोग गरिएको भनेर मिडियाको आलोचना गरेको पहिलो पटक भने होईन। यस भन्दा अगाडि पनि ट्रम्पले एनबीसी न्यूजका निर्देशकलाई पनि उजुरी गरेका थिए।