जनवरी ११ मा हुदैछ ट्रम्पको पहिलो पत्रकार सम्मेलन।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

२० पौष। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ११ मा पत्रकार सम्मेलन गर्ने भएका छन्। ट्रम्पले गतवर्ष जुलाई पश्चात् कुनै पनि पत्रकार सम्मेलन गरेका छैनन्। यस कुराको जानकारी ट्रम्पले ट्वीट मार्फत दिएका थिए तर यसको बाहेक अरु केही बताएका छैनन्।
ट्रम्पको यस घोषणले केबल उक्त कार्यक्रमको मिति तय भएको छ यस भन्दा अगाडि पत्रकार सम्मेलन १५ डिसेम्बरमा हुने भनिएको थियो तर अमेरिकाका राष्ट्रपतिको रुपमा ट्रम्पको निर्वाचन नोभेम्बरमा भएको हुनाले उक्त मितिमा पत्रकार सम्मेलन भएको थिएन। ट्रम्पले ट्वीट गरेका छन “मैले ११ जनवरीमा न्युर्क शहरमा सामान्य संवादाता सम्मेलनको सम्बोधन गर्ने छु। धन्यवाद”।
अमेरिकी परम्परा अनुसार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति सत्ता हस्तानतरणको समयमा केहि संवादाता सम्मेलनको सम्बोधन गर्ने प्रचलन थियो र प्रशासनसगँ जोडिएका विभिन्न विषय वस्तुहरुमा कुराकानी गर्दै आफ्नो रणनीतिको खुलासा गर्छन तर यसको विपरित ट्रम्प आफ्नो संगठन, प्रचार मिडिया, चयन गरियका अन्तरवार्ता लगायत व्यापक अनौपचारीक तरिका बाट साक्षात्कार गरिरहेका छन।

Post Comment