ट्रम्पको शपथग्रहण समारोहमा हिलारी पनि सहभागि हुने छिन।

अमेरिका

२० पौष। डेमोक्रेटिक पार्टीको नेता तथा राष्ट्रपति पदको प्रत्यासी रहेकि हिलारी क्लिन्टनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागिता जनाउने छिन। हिलारी आफ्नो पति बिल क्लिन्टनका साथ सपथ ग्रहण कार्यक्रममा सहभागि हुने छिन।
खबरका अनुसार,पुर्व राष्ट्रपति र्जर्ज डब्लु बुसको कार्यलयले घोषण गरे पश्चात बुस आफ्नी पत्नी लारा बुसको साथ समारोहमा सहभागि हुनेछन। क्लिन्टन दम्पतिले पनि २० जनावरीमा भाग लिनेको घोषण गरिसकेका छन। बुस र ट्रम्पका बिच सम्बन्धमा केहि तनाब रहेको छ किनकी रिपब्लिकन पार्टीको प्राइमरीमा उनका भाई जेब बुस ट्रम्पको विरुद्धमा लडेका थिए। उक्त शपथ ग्रहण कार्यक्रममा पुर्वराष्ट्रपति जिम्मी कार्टरले पनि सहभागिता जनाउने घोषण गरिसकेका छन्।

Post Comment