२१ पौष। अमेरिकी सेनाले आफौले अल्पसंख्यक र्धम र संस्कृतिको मामिलामा थप समावेश बनाउने उदेश्यले एक नयाँ नियम जारि गरेको छ। यो नियममा सेनाले पगरि लगाउन पाउने र दारी राख्ने व्यक्त्तिहरुको लागि पनि सेनामा भर्ति हुन सक्ने स्वकृति दिएको छ।
सैन्य सचिव एरिक फेनिगं द्वारा जारी गरिएको यस नयाँ नियम सेनाको विभाग स्तरमा धार्मिक पहिचानको समावेश गर्न स्वकृत दिएको हो। यस भन्दा पहिले यस्तो स्वीकृती सचिव स्तर सम्मको लागि मात्र थियो। यो अनुमोदन प्रश्चात धार्मिक पहिचानको समावेश अमेरिकी सेनामा पनि माथिल्लो स्थानमा सुनिश्चित हुने छ।
कांग्रेस सदस्य जो क्राउले अमेरिकी सैन्य सचिव द्वारा जारी गरेको निर्देशन स्वागत गर्दै भनेका छन। कि यो अमेरिकी शिख समुदायको लागि मात्र होइन तर पनि यस स्वकृति हाम्रो राष्ट्रको सेनाको लागि ठुलो प्रगति हो। शिख अमेरिकी यस देशको निकै मायाँ गर्छन र देशमा सेवा गर्नको लागी उचित अवसर पनि खोज्दछन्।