अमेरिकाले लादेनको छोरा हमजा विन लादेनलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राख्यो।

अमेरिका

२२ पौष। अलाकायदाका संस्थापक ओशामा विन लादेनका छोरा हमजा विन लादेनलाई अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादीको सुचीमा सूचीकृत गरेको छ। सन् २०१५ मा अलकायदाले आफ्नो सदस्यमा राखेको हमजा अलकायदामा उनको पिताको उत्तराधिकारीको रुपमा हेरिएको बताइएको छ।
उनी अलकायदाको सदस्य भएपछि पश्चिमा देशका राजधानीलक्षित आक्रमण गर्ने आदेश दिएको बताइएको छ। अमेरिकाको विदेश मन्त्रालयले उसले अन्तर्राष्ट्रिय समुदायलाई हमजा सक्रिय रुपमा आतंकवादमा लागेकोजानकारी दिएको बताएको छ। अमेरिकाको यो कदमपछि अमेरिकी कम्पनीले उनीसँग व्यापारिक सम्बन्ध राखन् तथा अमेरिकी भुमीमा सम्पत्ति राखन् पाउँदैनन्।

Post Comment