२२,पुस । अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा ३० बर्षीया नेपाली महिला रिना जादव (श्रेष्ठ)को हत्या भएको छ ।
छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो । हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो । मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडकको १० हजार १ सय भवनमा बस्दथे ।
उनी मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ । र, उनलाई धारिलो हतियार प्रहार गरेर मारिएको ठहर चिकित्सा अनुसन्धान परीक्षण अधिकारीले गरेका छन् ।
हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार हत्या भएको घरनजिकै बारीमा उनको शव फेला पारेको थियो । उनको पति हर्षद कुमार जादवलाई पत्नीको हत्या गरेको अभियोगमा पक्राउ गरेर मुद्धा चलाइएको छ ।
भारतीय मूलका ३३ बर्षीय कम्प्युटर प्रोग्रामर जादवलाई जब उनको घरमा पक्राउ गरियो उनको साथमा १० का हजार डलर नगद तथा राहदानीसमेत बरामद गरियो ।
आरोपी जादव भाग्ने शुरमा हुनसक्ने बताएता पनि उनका वकिलले त्यो कानुनी परामर्शको लागि उनले रकम ल्याएको तर्क गरेका छन् । उनले धरौटीमा छुट्ने निबेदनलाई अदालतले अस्वीकार गरिएकोमा मृतक रिनाका दाजु गौरब जी श्रेष्ठले हर्ष व्यक्त अमेरिकी पत्रिका डब्लुटिभीआर डट कमले जनाएको छ ।
दाजु श्रेष्ठले रिनाले न्याय पाउने छिन् भन्ने कुरामा समेत आफू आशाबादी रहेको कुरा उक्त पत्रिकालाई बताएका छन् । उनले ३० बर्षसम्म संगै बसेकी आफ्नी बहिनीको हरेक कुरा सम्झना रहेको र झल्झली याद आउने गरेको उल्लेख गरेका छन् ।
अभियुक्त हर्षद कुमार जादव ।
छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो । हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो । मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडकको १० हजार १ सय भवनमा बस्दथे ।
रिनाको बिबाह भएको ४ बर्ष भएतापनि सन्तान नभएको उनका दाजु गौरबले जानकारी दिए । अमेरिकाको श्रम दिवसको दिन बिहान रिनाको शव नजिक सवारी साधनको गाडीको बत्ती बलिरहेको र चालकतर्फको ढोका पनि खुला पाइएको थियो । उनका पतिलाई हानओभर काउन्टी सर्कुट अदालतबाट गिरफ्तारी अधिकार लिदै प्रहरीले रिनाको पतिको घरमा छापा मारेको थियो ।
दाजु गौरबका अनुसार रिना निकै प्रतिभाशाली कलाकार समेत थिइन् । स्रोत अनुसार रिना चित्र कला बनाउन रमाउने र बासुरी समेत बजाउने गर्ने गर्थिन । र बैंकमा काम गर्थिन । हर्षद कुमार जादवलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको जानकारी प्रहरी अधिकृतले दिएका छन् ।
रिनाको हत्या गत सितम्बर ५, २०१६ तारिखमा भएको हो भने उनका आरोपी पति हर्षद कुमार जादवलाई सितम्बर १२, २०१६ तारिखमा गिरफ्तार गरिएको थियो । रिनाको दाहसंस्कार सितम्बर १०, २०१६ तारिख रिचमण्डस्थित ब्लिलेज स्टाप्ल्स मिलमा नजदिकका आफन्त तथा नातेदारबीच गरिएको समाचार स्थानीय पत्र पत्रिकाले लेखेका छन् ।
हत्याका आरोपी हर्षद कुमार जादवको अदालती प्रारम्भिक सुनुवाई गत डिसेम्बर १५ मा हानोभर जुभेनाइल एण्ड डोमेस्टिक रिलेसन डिस्ट्रिक कोर्टमा भइसकेको छ । अदालतमा मुद्दा चलिनै रहेको छ । अनुसन्धान सकिएपछि फैसला हुने सञ्चारमाध्यमले जनाएका छन् ।