अमेरिकाको विमानस्थलमा गोली चल्यो, पाँच जनाको मृत्यु।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

२३ पौष। फ्लोरिडाको युएस फोर्ट लाउडेरडाल–हलिउडका विमानस्थलमा आज एक बन्दुक धारीले अन्दाधुन्द  गोली चलाउदा कम्तिमा पाँच जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका छन। ब्रोवाड काउंटिका शरिफको कार्यलयले फोर्ट लाउडेरडाल–हलिउड विमानस्थलमा गोलाबारी हमला भएको पुष्टि गर्दै एक ट्वीट गरेको छ। ट्वीटरमा भनिएको छ “फोर्ट– लाउडेरडाल हलिउड अन्तराष्ट्रिय विमानस्थलमा भएको गोलाबारीमा केहि मानिसहरु मारिएका छन, एकलाई हिरासतमा लिइएको छ”।
उक्त शहरको मेयर बारबरा शरिफले भनेका छन कि एक व्यक्क्तिले निर्मम रुपमा गोली चलायो र त्यसलाई हिरासतमा लिइसकिएको छ। उले सिएनएनमा भने उसले एक्लै गोलि चलाइरहेको थियो तर हामीसँग अहिले यो प्रमाण छैन कि उसले केहि दोस्रो व्यक्क्तिको निर्देशनमा यो सब गरिरहेको थियो। उनले भने, अहिले विमानस्थलको बन्द गरिएको छ।
फ्लोरिडाका गर्भनर रिक स्कटका अनुसार उनी स्थितिको अवलोकन तथा समिक्षा गर्नका लागि घटनास्थलमा जादैछन्। उक्त विमानस्थल पर्यटकहरुको मनपरेको विमानस्थल हो र सिसिटिभी फुटेजमा देखाइएको थियोकि मानिसहरु गोली चलिरहदा आफ्नो सुरक्षाका लागि भागिरहेका थिए उनले बताए।
एक प्रत्यक्षदर्शीले भने “गोलि चलाउने मानिस निकै जवान देखिएको थियो”। विमानस्थलको वेभसाइट अनुसार फोर्ट लाउडेरडाल–हलीयड विमानस्थल बाट एक दिनमा ३२५ भन्दा धेरै उडान बाहिरिन्छन र ३२५ भन्दा धेरै विमान भित्रन्छन। यस विमानस्थलमा प्रत्येक दिन ७३००० भन्दा धेरै यात्रुहरु हुन्छन्।

Post Comment