बोल्डर, कोलोराडो । तमु धिं कोलोराडोको आयोजनामा आज शनिबार सास्कृंतीक कार्यक्रम सहित तमु ल्हो-छार मनाइदै छ ।
गुरुङहरू सौरमास अनुसार पुस १५ गतेका दिन तमु ल्हो-छार मान्दछन् । यसै दिनदेखि सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त भई रात छोटो र दिन लामो हुने क्रम सुरु हुन्छ । ‘गुरुङ समुदायले मान्ने नयाँ वर्ष हुनाले यस पर्वलाई तमु ल्होछार भनेको हो ।
यही नयाँ वर्ष को आगमनसँगै बाँदर वर्ग को बिदाइ र चरा वर्ग को स्वागत गर्दै तमु ल्हो-छार मनाउन लागिएको हो ।
संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार अहिले एशिया महाद्वीपका ९५ प्रतिशत मुलुकहरूमा व्यापकरुपले ल्हो पद्धति प्रचलित छ । विभिन्न बाह्रओटा पशुपंक्षीहरूको नामबाट बाह्रओटा ल्होको नाम रहेको छ । गुरुङ समुदायमा ती बाह्र वर्गभित्र च्यु (मुसा), गाई, तो (बाघ), बिरालो, प्ह्रु (गरूड), प्ह्रि (सर्प), त (घोडा), ल्हु (भेडा), प्र (बाँदर), च्ह्या (कुखुरी/चरा), खि (कुकुर) र मृग पर्दछन् । यी वर्ग हरेक बाह्र वर्षमा दोहोरिन्छ ।