कोलोराडोमा उधौली पर्व

अमेरिका

अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका किराँत समुदायले उधौली पर्व धुमधामका साथ मनाएका छन् ।

विशेषगरि उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले मनाउने पर्व हो। यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। साकेला पर्व बर्षमा दुई चोटी मनाइन्छ, अन्न बाली लगाउँदा अनि थन्क्याउँदा ।

विशेषत बैशाख पुर्णिमा र मंसिरको पुर्णिमा यो पर्व मनाइने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला अर्को उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन रहेको छ । अहिले नेपालको पूर्वी पहाडमा मात्र नभएर संसारभरि रहेका किरातहरुले संसारभरि नै सो पर्व मनाउदै आइरहेका छन् ।

किरांत राई सोसाइटी अफ अमेरिका कोलोराडो च्याप्टरले आज कोलोराडोको अरोरामा उधौली पर्व कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा किरात राई समुदायका अग्रजबाट विधिवत पुजा गरिएको थियो । दर्शकहरुलाई मनोरंजन प्रदान गर्नको निमित्त कलाकारहरु मालती मगर, विपना गुरुङ, देचन राई, शर्मिला राईलागयतले नृत्य अनि गायन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई अझै रोचक बनाउन कार्यक्रमका अथिती दर्शक अनि आयोजक समितिका सबै कलाकारले साकेला नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम निकै मनोरन्जनपुर्ण भएको थियो ।

सोही कार्यक्रममा संस्थालाई सहयोग गर्दै आएका कलाकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम आयोजना समितिका अध्यक्ष भिम राईले अध्यक्षता गरेका थिए । उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् ।

उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामले समेत चिनिन्छ ।

Post Comment