तमु धिं कोलोराडोको अायोजनामा कोलोराडोमा तमु ल्हो-छार सम्पन्न – फोटो फिचर

अमेरिका

कोलोराडो, अमेरीका । तमु ल्हो-छारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम संगै शुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो ।

आयोजनामा कोलोराडो निवासी तमु समुदायले ल्हो-छारको अवसर पारेर सांकृतीक कार्यक्रम गरि शुभकामना आदान प्रदान गरेका हुन् ।

तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा संम्पन्न कार्यक्रममा एक संस्कृतीक कार्यक्रम संगै लामा अक्कल बहादुरबाट सबैलाई नयां बर्षको उपलक्ष्यमा आर्शिबाद प्रदान गरिएको थियो ।

९० बर्षिय बयोबृद्ध आशबहादुर गुरुङले पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्याबसाही, पत्रकार तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

यसरी कार्यक्रममा उपस्थित हुनेहरुमा नेपाली घरका अध्यक्ष योगराज गौतम, एनआएनका अध्यक्ष बासुदेब खनाल, नेपाली जनसंम्पर्क समिती कोलोराडोका अध्यक्ष गणेशराज भण्डारी, प्रवासी नेपाली मंचका अध्यक्ष जगत श्रेष्ठ, संखुवा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, कलाकार मंचका अध्यक्ष साबु गदाल, अनेसासका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्मा, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका कोषध्यक्ष मणी बस्नेत, यूएस नेपाल न्यूजका विकल पराजुली, स्वतन्त्र पत्रकार नातिबाबु भट्ट लगायतका अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

तमु ल्हो-छार २०७३ को आफ्नै मौलिक भाषा, धर्म, संस्कार, संस्कृती सहितको सम्मान भन्ने मुल नारालाई आत्मासाथ गर्दै सम्पन्न गरिएको कार्यक्रममा गुरुङ, तमाङ, नेपाली र अंग्रजी भाषाका गित गाएर तथा बिभिन्न गितमा स्थानीय कलाकारहरुले नाचगान गरेर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । बिशेष गरि बालकालाकारहरु अनीसा र अभ्यास भट्टराईको हुन्न बूढी हुन्न भन्ने गितको नाच, लय ब्याण्डको प्रस्तुती, जानवी गुरुङको प्रस्तुती, कौडा नृत्य, हिप पप लगायतका प्रस्तुतीहरुले दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रमको अर्को चोरक पक्ष भनेको एउटै मन्च र प्रस्तुतीमा बुढा बुढीको नाच, बाबु छोरीको नाच, बाबु छोरीको गित, दिदी बहिनीको नाच देखिएको थियो । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतीक पहिरनमा सझिएर आएका थिए ।

संस्थाका सचिव भुवन गुरुङले औपचारीक कार्यक्रमको संचालन गरेका थिए भने प्रकाश गुरुङ र पुष्पा गुरुङले मनोरञ्जनात्मक कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वगत गर्दै सभापती चन्द्रमान गुरुङले स्थानीय समुदायलाई तमु संस्कृतीको पहिचाहन गराउनुको साथै तमु संस्कृती जोगाईराख्न तथा अमेरीकामा जन्मे हुर्केका बालबालिकाहरुलाई तमु संस्कृतीको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

नेपालमा मुलत ३ किसिमको ल्हो-छार मनाउने गरिन्छ । गुरुङहरुले तोला, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्हो-छारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बादर बर्गलाई बिदाई गर्दै चरा बर्गलाई स्वागत गरेका छन् ।

नयाँ बर्ष ल्हो-छारमा परंपरा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयाँ दिनको झुल्के घाम संगै नयाँ बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।


Post Comment