२५ पौष। अमेरिकाको अलाबामा,कनेक्टीकट,न्युयोर्क लगाएत थुप्रै स्थानहरुमा भिषण हिमपात तथा आँधीका कारण अमेरिकाको जनजिवन कष्ट्रकर बनेको छ। जसका कारण हाल सम्म ३ जनाको मृत्यु भएको बताएको छ भने ७ करोड भन्दा धेरै जनता प्रभावित बनेका छन।
थुप्रै स्थानहरुमा ८ ईन्च भन्दा बाक्लो हिउँ परेको छ। बाक्लो हिउँका कारण कनेक्टीकट लगायतका राज्यहरुको राजमार्ग अवरुद्ध हुनुको साथै उत्तरी क्यारालाइनामा विधुत आपूर्ति समेत बन्द भएको छ।
भिषण हिउँ र आँधीका कारण विभिन्न एयरलाईन्सहरुले उडान रद्ध गर्नु पर्ने स्थिति आएको त्याहाँका अधिकारीहरुले जानकारी गराएका छन। भने सवारी चलाउन निशेध गरिएको छ। मैसम विज्ञानका अनुसार क्यालिफोनियाँमा यो हप्ता १२ इन्च सम्म वर्षा हुने बताइएको छ। वर्षा र हिमपातका कारण त्याहाँ पछिललो २० वर्षामा सबैभन्दा ठुलो बाढी आउने अनुमान समेत गरिएको छ।