२६ पौष। संयुत्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका ३५ वर्षीय ज्वाइँ ज्यारड कुसनर लाई ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त गर्नु भएको छ। राष्ट्रपतिय चुनावको अभियानको लागि कुसनरले पुंजी संकलन गर्ने रणनीति बनाएर निकै महत्वपुर्ण भूमिका खेल्नु भएको थियो।
यद्यपी जानकारहरुले यो नियुक्तिका लागि सिनेटले स्वीकृत दिनु पर्दैन। वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि कुसनरले कुनै तलब भता नलिने बताउनु भएको छ। कुसनर ससुरा ट्रम्प जस्तै घर जग्गा व्यवसायी हुनुहुन्छ। कुसनरको विवाह ट्रम्पकी छोरी इभांकासँग भएको छ।