पदभार नसम्हाल्दै ट्रम्प विरुद्ध प्रदर्शन।

अमेरिका

२ माघ। अमेरिकाको राजधानी वाशिंटन डिसिमा शनविार हजारौं प्रदर्शनकारीहरुले अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्ध असन्तोष व्यक्त गर्दै प्रदर्शन गरेका छन्। यसै हप्ता शुक्रवार देखि ह्वाईट हाउसमा पदभार सम्हाल्न गईरहेका छन्। उक्त प्रदर्शनमा सहभागि धेरै जसो प्रदर्शनकारीहरु अधिकारवादी संस्थाहरुसँग सम्बन्धित थिए। उनीहरुले नो जस्टिस, नो पीस जस्ता नारा लगाउँदै नेशनल मल देखि मार्टिन लुथर किंग जुनियर मेमोरियल तर्फ अगाडी बढिरहेका थिए। यस विरोध प्रदर्शनलाई ट्रम्पले अमेरिकी नागरिक अधिकारमा काम गर्ने जोन लुईस माथि आरोप लगाएका छन्।
जोन लुईसले एक अन्तरवार्तामा ट्रम्पलाई राष्ट्रपति पदमा ग्रहण गराउनु नाजायज हो भनेका छन्। यस पश्चात ट्रम्पले ट्वीट गर्दै भनेका छन् कांग्रेसी जोन लुईसलाई आफ्नो जिल्लाको सुधार गर्न धेरै समय खर्च गर्नु पर्दछ, चुनावको निश्कर्षको बारेमा झुटा अभियान संचालन गरेरबस्ने होईन। लुईस दिग्गज डेमोक्रेट कांग्रेस हुन्। जसले जर्जियाका प्रतिनिधित्व गर्दछन्।
ट्रम्पको पदभार ग्रहण गर्ने समय निजिकिदै गर्दा केहि संगठनहरुले उनको विरुद्धमा विरोध प्रदर्शन गरिरहेका छन्। अहिलेसम्मको सबैभन्दा ठूलो विरोध प्रदर्शन मध्येको एक २१ जनवरीमा गर्ने तयारी गरिरहेका छन्, जसमा हजारौं मानिसहरु सहभागि हुने सम्भावना प्रवल छ।

Post Comment