ईरान सम्झौताको बारेमा ओबामाले ट्रम्पलाई दिए चेतावनी।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

४माघ। अमेरिकाका राष्ट्रपति बाराक ओबामाले ईरानसँग भएको परमाणु सम्झौताको पहिलो वर्षगाँठमा यस सम्झौताको महत्व एवं ठोस परिणामहरुमा जोड दिएका छन् र विश्वका धेरै शक्तिहरुको समर्थन रहेको यस सम्झौताको रद्द नगर्न चेतावनी समेत दिएका छन्।
ओबामाले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प तर्फ ईसारा गर्दै भनेका छन् कि अमेरिकाको यो याद राख्न पर्दछ कि यस सम्झौता वर्षौ देखिको कामको परिणम भएको र यसले केवल अमेरिका एवं ईरान बीच मात्र होईन बरु विश्वको ठूला शक्तिहरु बीचको सम्झौताको प्रतिनिधित्व गर्छ।
ओबामाले यस सम्झौताबाट अमेरिकालाई एक सुरक्षित स्थान बानाउनका लागि महत्वपूर्ण र ठोस परिणाम मिलेको छ भनेका छन्।
ओबामाले भनेका छन् कि यस प्रकारको कुटनितिक समाधान एक अनियन्त्रित ईरानी परमाणु कार्यक्रम या पश्चिम एशियामा एक अन्य युद्धको स्थितिमा कतै यो निकै राम्रो पनि हुनसक्छ।
ट्रम्पले परमाणु सम्झौताको प्राय निन्दा गर्दै आईरहेका छन् र उनले जर्मनीको विल्ड समाचार पत्र एवं टाईम्स अफ लण्डनलाई आईतबार दिएको एक अन्र्तवार्तामा पनि भनेका थिएकि म ईरानी सम्झौतासँग खुसि छैन। उनले अहिले सम्म भएका खराब सम्झौता मध्ये एक भएको समेत बताए। तर उनले यस कुरामा थप टिप्पणी गर्न अस्वीकार गरेका छन् कि यो सम्झौताको विषयमा पुन वार्ता गर्न चाहान्छन् या चाहादैनन्। जबकी उनले राष्ट्रपति पदको चुनावमा आफ्नो प्रसार प्रचार अभियानमा पटक पटक यस कुरामा जोड दिएका थिए।

Post Comment