ट्रम्पको बिरोधमा प्रदर्शनकारी द्वारा आफैलाई आगो लगाउने प्रयास।

अमेरिका

५ माघ। डोनाल्ड ट्रम्प राष्ट्रपति बनेकोमा विरोध गर्ने एक जना मानिसले आफैलाई आगो लगाएर आत्मदहको प्रयास गरेको छ। यो घटना स्थानीय समय अनुसार बुधवार राती ९बजे तिरको हो। पेनिसलभेनिया एभेन्यूमा ट्रम्पको होटेलको अगाडी बिरोध प्रदर्शनको समयमा प्रदर्शनकारीहरुले केहि सामानमा आगो लगाईरहेका थिए। उक्त समयमा एक मानिसले आफुलाईनै आगो लगाए। यद्यपी तुरुन्तै उक्त व्यक्तिलाई अस्पताल लगियो र हाल उसको उपचार भईरहेको छ। जनकारीका अनुसार यो होटेल ह्वाईट हाउस भन्दा नजिकै रहेको छ।
उक्त व्यक्तिले स्थानीय संचार माध्यममा भने “म विरोध प्रदर्शनको रुपममा आफैलाई जलाउन चाहान्थे। म मानिसहरुलाई यो बताउन चाहान्थे कि हामी यस्तो व्यक्तिको अमेरिकाको राष्ट्रपति बनाउन गईरहेका छौं जो हाम्रो संविधानको सम्मान गर्न अझै असक्षम छन्।”
क्यालिफोर्नियामा बसोवास भएको उक्त व्यक्ति गम्भिर रुपले घाईते भएको छैन

Post Comment