युवा गीतकार राकेश काफ्ले तथा गायक रमेश कडेलको गीति एल्वम “प्रयास” को बिमोचन

अमेरिका

ओहायो, अमेरिका। नेपाली भाषी भूटानी युवा गीतकार राकेश काफ्लेको एकल शब्द/रचनाहरू अनि नवा उदायमान गायक रमेश कडेलको एकल आवाजमा विभिन्न भावमा संगृहित “प्रयास” गीति एल्वम १४, जनवरी २०१७ मा अमेरिकाको ओहायो राज्य अन्तर्गत सिनसिनाटी सहरमा,”Barsha Best Performer 2016″ को Grand Finale मा बिमोचन भएको छ।

यस एल्वममा एक गजल र पाँच समसामयिक आधुनिक गीतहरू रहेको गीतकार राकेश काफ्लेले जानकारी गराउनु भयो।यस एल्वमलाई सि डि एम म्युजिक ले बजारमा ल्याएको हो।

“यो सहर मैले छाडेपछि..”, “न्यूयोर्क सहरमा” र “तिम्रो लजाउने स्टाईल बेग्लै” नामक गीतहरूमा संगीत साधना संगीतकार-गायक सी.डी बिजय अधिकारीले भरेका छन् भने संगीत संयोजन क्रमश किरण कडेल, उदयराज पौडेल र राजू कार्कीले गरेका छन्।

“मुटु फोरी जानेलाई” गीतमा संगीतकार राजु कार्कीले संगीत भरेका छन् भने संगीत संयोजन बिष्णु अधिकारी गरेका छन्। त्यस्तै “डिम्पल गालैमा” बोलको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् र “हर्रा बोटे साईली” बोलको गीतमा संगीतकार रमन गायकले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाले गरेका छन्,गीतकार राकेश काफ्लेले बताउनु भयो ।

Post Comment