७ माघ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यलय छोड्ने केहि घण्टा पहिले फेसबुक मार्फत आफ्नो विदाई पत्र सार्वजनिक गरेका छन्। अमेरिकाका ४४औं राष्ट्रपतिको रुपमा दुई कार्यकाल (२००९–२०१७) लगातार ८ बर्ष राष्ट्रपति भएका ओबामाले विहिबार फेसबुक मार्फत सार्वजनिक गरिएको यस पत्रमा देशका सम्पूर्ण नागरिकहरुलाई आभार प्रकट गर्दै लेखेका छन्। उनले भनेका छन् “विगत ८ वर्षमा तपाईहरु भलाई, दृढता र आशाको स्रोत रहनुभयो, जसले मलाई तागत मिल्यो। मैले हाम्रो जीवनकालकको सबैभन्दा खराब आर्थिक संकटको समयमा छिमेकि र विभिन्न समुदायहरुले एक अर्काको मद्दत गरेको देखें।”
राष्ट्रपतिको रुपमा आफ्नो कार्यकाल सकिएको मध्यनजर गर्दै ओबामाले सबैसँग विदा लिदै भने “जब बिकाशको गति सुस्त देखिरहेको छ, सम्झनुस् अमेरिका कोहि एक मानिसको परियोजना होईन। हाम्रो लोकतन्त्रमा सबै भन्दा बलियो एक मात्र शब्द ‘हामी’ हो। त्यसैले हामी भईयो भने अवश्य सफल भईन्छ। ओबामाले आफ्नो फेसबुकमा पोष्ट गरेसँगै एक लिंक पनि सेयर गरेका छन्। उक्त लिंक मार्फत जसले उनको कामका बारेमा जान्न चाहान्छन् र उनिसँग सम्बद्ध भईरहन चाहान्छन्।
ओबामाले फेसवुकमा सार्वजनिक गरे विदाई पत्र।
