८माघ। अमेरिकाका नवनिवार्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा आज शपथ लिएका छन्। उनको शासनकालमा नीति तथा रणनितिहरुमा निकै पविर्तन हुनसक्ने सम्भावना रहेको बताईएको छ।
७० वर्षका ट्रम्पले नेशनल मलमा करिब आठ लाख मानिसहरुको बीचमा शपथ लिएका छन्। उनले अब्राहम लिंकनको बाईबलमा हातराखेर पद तथा गोपनियताको शपथ लिए पश्चात राष्ट्रपतिको कुर्चीमा बसे जुन कुर्चीमा बस्ने व्यक्ति दुनियाँकै शक्तिशालि भन्ने गरिन्छ। राष्ट्रपति चुनावमा उनले हिलारी क्लिंटनलाई पराजित गरेका थिए।
माईक पेन्सले उप राष्ट्रपतिको पद तथा गोपनियताको शपथ लिए। उनले ट्रम्पले भन्दा पहिले शपथ लिएका थिए।
शपथ ग्रहण गर्न भन्दा पहिले ट्रम्पले ह्वाईट हाउसमा बाराक ओबामासँग भेटेका थिए।
अमेरिकामा १७८९मा जर्ज वाशिंटन पश्चात राष्ट्रपति पदको ५८औं शपथ ग्रहण समारोह हो। ओबामा र उनकी पत्नी मिशेलले ह्वाईट हाउसमा ट्रम्प र उनकी पत्नी मिलानियाको स्वागत गरेका थिए।