८ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोह भईरहेको समयमा हजारौं मानिसहरुले हिजो ह्वाईट हाउस नजिकै र अन्य स्थानहरुमा प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनको क्रममा भएको झडपमा ६ सुरक्षाकर्मी घाईते भएका छन् भने प्रहरीले २०० भन्दा धेरै प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। विभिन्न स्थानमा सयौं प्रदर्शनकारीहरु द्वारा मार्चपास गर्दै सडकमा उत्रिएका थिए। प्रहरीकर्मीहरुसँग कालो कपडा लगाएका केहि कार्यकताहरु र अन्य प्रदर्शनकारीहरुको समूहसँग भिडन्त भएको छ।
प्रदर्शनकारीहरु द्वारा ढुङ्गामुडा, बोतल जस्ता बस्तुहरुले आक्रमण गरेका थिए। जवाफि कारबाहिमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनका लागि अस्रु ग्याँस छोडेका थिए। मेट्रोपोलिटियन प्रहरी विभागका अन्तरिम प्रमुख पिटर न्यूजहेमले पत्रकार सम्मेलनमा बताए अनुसार प्रदर्शनकारीको आक्रमणमा ६ सुरक्षा अधिकारीहरु घाईते भएका छन्।
सम्पुर्ण प्रदर्शनकारीहरु ट्रम्पको विरोधमा नाराबाजी गरिरहेका थिए र ‘ट्रम्प राष्ट्रपति होईनन्’, ‘फेरि एकपटक नस्लबादसँग सतर्क बनौं’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
हिरासतमा लिएका व्यक्तिहरुलाई शनिबार अदालतमा पेश गराउने छन्।
एक सेवानिवृत्त शिक्षक वेन एलेनले बताए अनुरसार हंगामा गरेर उनीहरुले ट्रम्पलाई पहिलेनै रोक्न चाहान्थे। उनले भने “हामी देशमा सबै समुदायको अधिकारको समर्थन गर्छांै। कसैको धर्म, राष्ट्रियता र शरीरको रंग के छ भन्ने कुरामा केहि फरक पर्दैन। हामीले एक मानिसको ईज्जत गर्नु पर्दछ तर जसले प्रदर्शन गरिरहेका छन् उनीहरु कसैको ईज्जत नै गर्दैनन्।