राष्ट्रपति ट्रम्प भन्छन – ३० देखि ५० लाख अवैध मतदानका कारण आफु अलोकप्रिय

अमेरिका

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा अमेरिकन कंग्रेसका नेताहरुसंगको भेटघाटमा लोकप्रिय मतमा आफुलाई नोक्सानी भएको दाबि गरेका छन् l

राष्ट्रपति ट्रम्पले झन्डै ३० देखि ५० लाख अवैध मतदान को कारण लोकप्रिय मतमा आफुलाई नोक्सानी भएको बताएका हुन । उनको दाबी अप्रमाणित रहेको संचार माध्यमले उच्च प्राथमिकता को साथ छापेका छन ।

डोनाल्ड ट्रम्पले ऐतिहासिक चुनाब जितेता पनि लोकप्रिय मतमा हिलारी क्लिन्टन संग पछि परेका थिए । ट्रम्पले निर्वाचन पछि पनि सामाजिक संजालमा यस्तो भएको दाबी गरेका थिए ।

जनवरी २४ तारिखमा व्हाइट हाउसमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनका संचार सचिब सन स्पाईसर संग अवैध मतदान सम्बन्धि संचार कर्मीले प्रश्न राखेका थिए तर संचार सचिवले राष्ट्रपतिलाई त्यस्तो बिश्वास छ भनि जवाफ दिएका थिए । उनले कुरा राख्दै साच्चै नै लाखौ जनताले निर्वाचनमा अवैध मतदान भएको राष्ट्रपतिले बिश्वास गरेको बताएका थिए ।

स्पाइसरले अध्ययन तथा प्रमाण को आधार तथा मानिसले प्रस्तुति गरेको कारण यस्तो बिश्वास निरन्तर राष्ट्रपतिले गरेको बताएका थिए, र पत्रकारले खास कुन प्रमाण बाट यस्तो भनिएको भन्ने जवाफमा स्पाइसरले कुनै सूचना दिन सकेनन भनि सिबिएसमा समाचार छ ।

 

Post Comment