आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश

अमेरिका

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमरिका प्रवेशमा कडाई गर्न आदेश दिएका छन् । चरमपन्थी इस्लामिक आतंककारीहरुलाई देशमा छिर्नबाट रोक्ने उद्देश्यले कडा उपायको घोषणा गरेका हुन् ।

पेन्टागनमा रक्षामन्त्रीमा जेम्स म्याटिसलाई शपथ दिलाएपछि उनले सो कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । आप्रवासीहरुलाई प्रवेश दिनेबारे कडा पारिएका उपाय कस्ता हुन्छन् भन्नेबारे उनले विस्तारमा बताएका छैनन् ।

उनले भने, ‘हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्ने मान्छेलाई मात्रै आउन दिन्छौं ।’ पेन्टागनमा भएको शपथ कार्यक्रमका क्रममा ट्रम्पले उग्र इस्लामिक आतंककारीहरुलाई अमेरिका बाहिर राख्नका लागि नयाँ कडा उपायहरु ल्याउने बताएका हुन् । उनले अमेरिका आउन खोज्ने आप्रवासीमा इसाई धर्मावलम्बीहरुलाई प्राथमिकता दिने बताए । उनले अन्य ६ मुस्लिम देशहरुबाट पनि मानिसहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने बताएका छन् ।

गत वर्ष पूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनले १० हजार सिरियाली शरणार्थीलाई अमेरिका प्रवेश गर्न दिएको थियो । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले आफ्नो देशका अधिकारीहरुले अवस्थाको विस्तृत अध्ययन नगरेसम्म मुसलमानहरुलाई अमेरिका प्रवेश गर्नबाट पूर्ण प्रतिबन्ध लगाउने बताएका थिए ।

 

आजको राजधानि दैनिकमा खबर छ ।

Post Comment