आदेश नमानेको भन्दै ट्रम्पले महान्यायाधिवक्तालाई बर्खास्त गरे

अमेरिका

अमेरिका। आफ्नो आदेश नमानेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई बर्खास्त गरेका छन्।

आप्रवासी सम्बन्धि आफ्नो आदेशलाई असंवैधानिक भन्दै प्रतिरक्षा नगर्ने चुनौति दिएपछि क्रूद्ध बनेका ट्रम्पले कार्यवाहक महान्यायाधिवक्ता सल्ली येट्सलाई पदबाट हटाएका हुन् ।

यसअघि येट्सले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै उक्त आदेशका पक्षमा कानून विभागले प्रतिरक्षा गर्न नसक्ने चुनौति दिएका थिए ।

निवर्तमान राष्ट्रपति बराक ओबामाद्वारा नियुक्त येट्सले विज्ञप्ति निकाली आफूहरु ट्रम्पको तर्कसँग सहमत हुन नसकेको बताएका थिए ।

ह्वाइट हाउसले भने येट्सले धोका दिएको भन्दै उक्त स्थानमा राष्ट्रपति ट्रम्पले इस्टर्न डिस्ट्रिक्ट अफ भर्जि्नियाका न्यायाधिवक्तालाई नियुक्त गरेको जनाएको छ ।

यसअघि येट्सले आफ्नो जिम्मेवारी कानूनी रुपमा कुनै विषयको प्रतिरक्षा गर्ने मात्र नभई त्यो कानूनमा के छ भन्ने रायसहित सूचित गराउनु रहेको उल्लेख गरेका थिए

Post Comment