कोलोराडो अमेरीका । नेपालीहरुको सकृयतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा कोलोराडोमै पहिलो नेपाली भाषा कक्षा सुरु गरिएको छ । लङमन्ट स्थित आर्ट सेन्टरमा आईतबार एक समारोह बिच समाजसेवी नारायण श्रेष्ठले सरस्वतीको फोटोलाई धुप बत्ती गरेर तथा क्लका अध्यक्ष जोशन श्रेष्ठले गमलामा पानी हालेर नेपाली भाषा कक्षाको सुभारम्भ गरेका हुन् ।
नेपाली राष्ट्रियगान गाएर सुरु गरिएको उद्धाटन समारोहमा लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हल, लङमन्ट हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, समाजसेवीहरु नारायण श्रेष्ठ, बिके श्रेष्ठ, यूएस न्यूजका विकल पराजुली, लयन्सका पदाधिकारी, सहभागी छात्र, छात्रा र उनीहरुका अभिभावकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्धाटन समारोहलाई संबोधन गर्दै लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर केननोर गिलले आफु नेपाली भाषा कक्षाको उद्धाटन समारोहमा सहभागी हुन पाउदा धेरै खुसी लागेको भन्दै बाल बालिकाहरुलाई सकृय रुपमा सहभागी हुन र अभिभावकलाई आङ्खना बाल बालिकाहरुलाई निरन्तर सहभागी गराउन हौसला दिए । उनले यसको निरन्तरताको लागि आफुले सक्दो सहयोग गर्ने बताए । त्यसैगरी क्लबका अध्यक्ष जोशन श्रेष्ठले मातृ भुमीको भाषा र संस्कृतीको संरक्षण गर्न तथा दोश्रो पुस्तामा हाम्रो भाषा र संस्कृती जस्ताको तस्तै हस्तान्तरण गर्ने बाताबरण श्रृजनागर्न भाषा कक्षा सुरुगरिएको प्रष्ट्याए । कार्यक्रममा उनले सहभागी बाल बालिका तथा अभिभावक सबैलाई धन्यवाद दिदै, कोलोराडोमानै पहिलो नेपाली भाषा कक्षालाई निरन्तरता दिन सबै संग साथ र सहयोग आग्रह गरे ।
सुरुमा दश जना छात्र छात्रालाई लक्ष गरि सुरु गरिएको कक्षामा आज ७ जना छात्र छात्राको उपस्थिती रहेको थियो । यसरी आजको कक्षामा सहभागी हुनेमा ५ बर्ष देखी १० बर्ष उमेरका ५ छात्र र २ छात्रा रहेका थिए । क्लबका कम्यूनिकेसन अफिसर नातिबाबु भट्टको कोर्डिनेसनमा संचालन भएको कक्षाको शिक्षिका सुदक्षिणा भट्ट र साहायक शिक्षीका आश्विनी श्रेष्ठ रहेका छन् । कक्षा हरेक साता आईतबार बिहान १० बजे देखी ११ बजे सम्म एक घण्टा संचालन हुने छ ।
आज १० बजे देखी ११ बजे सम्म संचालन भएको कक्षामा सहभागीभई डिष्टीक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हलले भाषा कक्षाको अबलोकन गरेका थिए ।
निम्न बालबालिकाहरु आजबाट शुरु भएको कक्षामा सहभागी भएका थिए ।
नाभ्या थापा
प्रतिक श्रेष्ठ
समिक राई
संस्कार श्रेष्ठ
बलाम श्रेष्ठ
सुर्य श्रेष्ठ
जानु श्रेष्ठ