अमेरिकन पुनरावेदन अदालतले अस्थाई यात्रा प्रतिबन्ध अपिललाई अस्वीकार

अमेरिका

नवौ पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गत जनवरी २७ तारिखमा कार्यकारी आदेशबाट ७ वटा मुस्लिम मुलुकका नागरिकलाई अस्थाई यात्रा प्रतिबन्ध गरिएको बिषयको अपिललाई आज अदालतले रद्ध गरिदिएको छ  ।

इराक, सिरिया, लिबिया, सुदन, इरान तथा येमनका नागरिकहरु अमेरिका अस्थाई रुपमा आउन प्रतिबन्ध गरिएको राष्ट्रपतिको कार्यकारी आदेश अस्वीकृत भए पछि अब उक्त देशका नागरिकलाई अमेरिका निरन्तर आउन सक्ने बनाई दिएको छ ।

उक्त कोर्टका तिनै जना जजले राष्ट्रपतिले जारी गरेको कार्यकारी आदेशको विपक्षमा फैसला दिएका थिए।

यात्रा प्रतिबन्धलाई स्थगन आदेश को लागि अदालत संग संघीय सरकारले पुनर्विचार गर्न अनुरोध गरेको थियो भने आकस्मिक विचाराधीन स्थगन प्रस्ताव अस्विकार गरेको सिबिएस मा समाचार छ।

Post Comment