अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबीचको मित्रता प्रशान्त क्षेत्रमा शान्ति बहाली गर्न कोशेढुंगा साबित भएको जिकीर गरेका छन् ।
अमेरिका भ्रमणमा रहेका जापानी प्रधानमन्त्री शिन्जो अबेसँग ह्वाइटहाउसमा भएको बैठकपछि राष्ट्रपति ट्रम्पले जापानको रक्षाका लागि अमेरिका प्रतिवद्ध रहेको पनि बचन दिए ।
आफ्नो प्रशासनले टोकियोसँग स्वतन्त्र र निष्पक्ष सम्बन्ध कायम गर्न चाहेको पनि ट्रम्पले बताए । जापानी प्रधानमन्त्री अबेले भने आर्थिक र व्यापार सम्बन्धलाई थप बलियो बनाउनेमा जोड दिएका थिए ।
दुई नेताबीच भएको भेटपछि आयोजित प्रेस मीटमा राष्ट्रपति ट्रम्पले जापान एक महत्वपूर्ण मित्र रहेको भन्दै उससँगको सम्बन्धलाई झनै बलियो र नजिक बनाइने बताए ।
प्रशान्त क्षेत्रमा दुई मुलुक मिलेर रक्षा क्षेत्र सुदृढीकरण अझ बढी काम गर्ने पनि बताए । जापानी प्रधानमन्त्री अबेले भने अमेरिका जापान सम्बन्धलाई वीन वीनको अवस्थामा लैजान चाहेको बताए ।
सेन्काकु र ओकिनावा टापु एवं जापानभर अमेरिकी सेनाको बलियो उपस्थिति कायम राख्न पनि दुई नेताले सहमति गरेका छन् ।