कोलोराडो, अमेरिका । रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको निर्वाचन समितिले बुधवार ढिले भए पनि उम्मेदवारहरुको पहिलो सुची सार्बजनिक गरेको छ ।
जस अनुसार अध्यक्षमा बिनोद त्रिपाठीको मात्र उम्मेदवारी परेको छ । केहि समय देखि अध्यक्ष पदमा सधै निर्वाचन हुदै आएकोमा यस पटक निर्बिरोध हुने देखिएको हो । यू एस नेपाल न्युज ले प्राप्त गरेको प्रतिक्रियामा त्रिपाठीको नाममा सर्वसम्मत हुनलाई समाजले सकारात्मक रुपमा लिएको छ।
रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको महासचिब जस्तो पदमा कुनै उम्मेदवारी परेन । कुनै समय सदस्य पदका लागि समेत हान-थाप र निर्वाचन हुने गरकेो सस्थामा यस पटक मुख्य पदमा नै कुनै उम्मेदवारी नपर्नुलाई गभिरताका साथ हेरिएको छ।
मार्च १ र २ मा उम्मेदवारी फिर्ता र दाबि-बिरोधका लागि राखिएकोमा – मार्च १ सकिन लाग्दा सार्बजनिक गरिए पनि हाल सम्म हामीलाई १ दिन थप गरिएको कुनै जानकारी प्राप्त भएको छैन। उम्मेदवारहरुको पहिलो सुची रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल बेबसाइट मार्फत सार्बजनिक भएको हो।
यू एस नेपाल न्युजले आफ्ना पाठकहरुलाई उम्मेदवारहरुको सुचीलाई बिहानै सुचित गर्न असमर्थ भए पनि निरन्तर प्रयास पछि निर्बाचन समितले रातिको करिब १० बजे सार्बजनिक गरेको अनुसार – उम्मेदवारहरुको पहिलो सुची निम्न अनुसार छ।