भर्जिनिया, अमेरिका । आगामी अप्रिल २२ तारिख मा भर्जिनियामा हुन लागेको नेपाली जनसंपर्क समिती अमेरिकाको वार्षिक साधारण सभा लाई कसरी भब्य, व्यबस्थित र प्रभाबकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
साधारण सभा सम्पन्न गर्न बनेको तयारी र ब्यबस्थापन मूल समितिका संयोजक नेजसस अमेरिका का उपसभापती श्री केशब बराल द्वारा प्रस्तुत हाल सम्मका सम्पन्न र अब गर्नु पर्ने कार्य विवरण माथि आमन्त्रित र स्थानिय सहभागिहरुबाट सकारात्मक टिप्पणीहरु प्रस्तुत गरिएको थियो ।
केन्द्रिय सभापति श्री आनन्द बिष्ट, महासचिव श्री मुनिन्द्र बिक्रम नेम्बाङ संगठन बिभाग प्रमुख श्री बेद खरेल ले साधारण सभालाई सम्पन्न गर्न केन्द्रबाट आवश्यकता अनुरुप सहयोग को प्रतिबद्धता दिएका थिए।
साथै केन्द्रिय सदस्य द्वय गोपाल विश्वकर्मा र गौतम दाहाल सल्लाहकार उमा शाह, लङ अाइलैन्ड च्याप्टर सभापति विश्वराज बास्तोला, मेरिल्याण्ड च्यापटर सभापति श्री राजेन्द्र सेन्चुरी, पूर्व सल्लाहकार नारायण थापा, न्युयोर्क च्याप्टर महासचिब महेश मल्ल तथा एनआरएन का उपाध्यक्ष्य रबिना थापा, न्युयोर्कका समाजसेवि रवी किरण कोइराला लगायतकाले ब्यबस्थापन समितीलाई सल्लाह र सुझाव प्रदान गरेका थिए।
भर्जिनियाका बुद्धिजिवी तथा समाजसेवि डा रमेश पन्त, भरत रेग्मी, सागर कंडेल, मुक्तीनाथ पन्त, मधु पन्थी, दधी ढुंगाना, डा देश राज संयोक, लक्ष्मी गौडेल, मुक्ती दवाडी, पवन बाराकोटि खनाल, यम कोइराला, गोविन्द सुबेदी, राम मिश्र, रमेश पौडेल, बिष्णु पाण्डे, र भर्जिनिया च्याप्टर कार्यसमितिका टंक दाहाल, रुप कार्की, केदार तिम्सिना, बुद्धी पौड्याल, यम सिटौला लगायतका ले आफ्नो धारणा ब्यक्त गरेका थिए ।
नेपाली जनसंपर्क समिती भर्जिनिया च्याप्टर द्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रमलाई च्याप्टरका सभापति राम शरण हुमागाइ ले सन्चालन तथा धन्द्यवाद ज्ञापन गर्नु भएको थियो ।