कोलोराडो, अमेरीका। गीत तथा साहित्यको क्षेत्रमा ख्याती कमाएका ज्ञानेन्द्र गदाललाई शनिवार कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार सम्पन्न कवि गोष्ठि समारोहमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाललाई अभिनन्दन गरिएको हो ।
कार्यक्रमका बिशेष आतिथी तमुधीका पूर्व अध्यक्ष तथा रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका सल्लाहकार रमेश गुरुङ, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका महासचिब बिनोद त्रीपाठी, पूर्ब अध्यक्ष शुरेन्द्र श्रेष्ठ, नवीन दत्त, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेल लगायतका ब्यक्तिहरुले गदाललाई फुलको माला, दोसल्ला, नेपाली ढाकाटोपी लगाई दिइ सम्मान पत्र प्रदानगरि अभिनन्दन गरेका हुन् । अभिनन्दित ब्यक्ति गदालले नेपाली भाषा साहित्य तथा गीतको क्षेत्रमा पुर्याएको योगदानको बारेमा कवी ज्ञानेन्द्र काफ्लेले प्रकास पारेका थिए ।
आयोजक संस्थाका उपाध्यक्ष मिना पौड्याले कार्यक्रमा उपस्थित सबैलाई स्वागत गरेकी थिईन भने सदस्य धन पौड्यालले कार्यक्रम संचालन गरेकी थिइन् ।
कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै डेड दर्जज भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । केहिले गीत र केहिले समय सार्दभिक कथा प्रस्तुत गरेका थिए । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।
कृपया कुनै फोटो प्रयोग गर्नु अधी USNEPAL NEWS सँग सम्पर्क गर्नु हुन अनुरोध गर्दछाैं ।
कृपया कुनै फोटो प्रयोग गर्नु अधी उस्नेपाल णेव्स सँग सम्पर्क गर्नु हुन अनुरोध गर्दछाैं ।