शिकागोमा साझा पार्टीको अमेरिका मै पहिलो सद्भाव समूह गठन

शिकागोमा साझा पार्टीको अमेरिका मै पहिलो सद्भाव समूह गठन
अमेरिका

शिकागो, अमेरिका । चर्चित पत्रकार रवीन्द्र मिश्रको चार खम्बामा आधारित पद्दति, पारदर्शिता, ईमान्दारिता र उत्कृष्टतामा प्रस्तावित साझा पार्टीको देश बिदेशमा धमाधम स्थानिय ईकाई र सद्भाव समूहहरु गठन हुने क्रम जारी छ।

यसै क्रममा अमेरिकाको शिकागोमा पहिलो सद्भाव समूह गठन भएको छ। जुन अमेरिका कै पहिलो सद्भाव समूह हो।

११ मार्च २०१७ मा डा. राजेन्द्र पंगेनीको संयोजकत्वमा ९ सदस्यीय  साझा सद्भाव समूह गठन शिकागो गठन भएको छ। जसको सह-संयोजकमा मेदनी संग्रौला, सदस्यहरुमा शिकागोबाट क़लम चलाउने लेखक सरगम भट्टराई, राजु मिश्र, दक्षिणादाहाल, प्रकाश देवकोटा, अर्जुन थापा क्षेत्री, राजेन्द्र थापा र अशोक शर्मा अधिकारी रहेका छन् ।

उक्त समुहले सबै समूदायको समावेशी कार्य समिति बनाउन थप दुई सदस्य पद पछि थप गरिने पनि जनाएको छ।

Post Comment